• २०८१ बैशाख ८ शनिबार

फिफाको नयाँ वरियतामा नेपालले गर्यो ६ स्थान सुधार, टपटेन भित्र आयो स्विटजरल्याण्ड 

kharibot

काठमाडौँ । फिफाको नयाँ वरियतामा नेपालले ६ स्थान सुधार गर्दै १७०औ स्थानमा उक्लिएको छ ।

फिफाले विहिबार सार्वजनिक गरेको अक्टोबर महिनाको विश्व वरियतामा नेपाल १७६औं बाट १७०औ स्थानमा पुगेको हो । 

नेपाल यस अघि अक्टोबर महिनामा १७६औ र सेप्टेम्बर महिनामा १७५औ स्थानमा रहेको थियो । नेपालले पछिल्लो पटक अघिल्लो साता फिलिपिन्ससँग बिना कुनै गोल बराबरी खेलेको थियो ।

नयाँ वरियता अनुसार सार्क देशमा भारतले १०५औ स्थानमा कायमै रहेको छ बहने अफगानिस्तानले ७ स्थान सुधार गर्दै १४७औ स्थानमा उक्लिएको छ । त्यस्तै म्यान्मारले ५ स्थान सुधार गर्दै १५०औ स्थानमा, माल्दिभ्स एक स्थान तल झर्दै १५७औं स्थानमा रहेका छन् ।  

त्यस्तै नेपालभन्दा पछाडी रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान ५ स्थान सुधार गर्दै १८५औ स्थानमा छ भने बंगलादेश चार स्थान सुधार गर्दै १९२औं स्थानमा छ भने श्रीलंका २ स्थान पछि पर्दै २००औ स्थानमा र  पाकिस्तान २०१औं स्थानमा कायमै रहेको छ ।

विश्व वरियताको नम्बर एकमा जर्मनी कायम रहेको छ । सेप्टेम्बरमा ब्राजिललाई उछिन्दै जर्मनी शिर्ष स्थानमा उक्लिएको थियो । ब्राजिल यस महिनामा पनि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै हालै विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गरेको पोर्चुगल तेस्रो अर्जेन्टिना चौथो, बेल्जियम पाचौ स्थानमा कायमै रहेका छन् ।  स्पेनले दुई स्थान सुधार गर्दै छैठौ नम्बरमा उक्लिएको छ भने पोल्याण्ड एक स्थान घट्दै सातौ नम्बरमा उक्लिएको छ ।

यस अघि दशौ स्थानमा रहेको पेरु ११औ नम्बरमा पुगेको छ भने स्विटजल्याण्ड टप टेनमा प्रवेश गरेको छ । स्विटजरल्याण्डले तीन स्थान सुधार गर्दै ८औ स्थानमा उक्लिएको छ भने फ्रान्स दुई स्थान घट्दै ९औ स्थानमा र चिली एक स्थान घट्दै दशौ स्थानमा रहेका छन् ।

त्यस्तै फ्रान्स सातौ, स्पेन आठौ चिली नवौ र पेरु दशौ स्थानमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै