• २०८१ बैशाख ७ शुक्रबार

चीनमा शक्तिशाली भूकम्प

kharibot

चीनको सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
६.५ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु वाङ्लेबाट ३६ किलोमिटर पश्चिम जमिनभन्दा १० किलोमिटर मुनी रहेको बताइएको छ । 

अमेरिकी भूगर्भ विभागले चीनमा शक्तिशाली झड्दा महसुस गरिएको जनाएको छ । भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन । चीनको समाचार एजेन्सी सिन्ह्वाले अहिलेसम्म कुनै क्षतिको विवरण नयाएको बताएको छ । सिन्ह्वाले भूकम्पको केन्द्रबिन्दु ७ रेक्टर स्केलको रहेको उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै