• २०८१ बैशाख ६ बिहीबार

हालै बढुवा भएका एआइजीलाई महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

kharibot

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुने एआइजीहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन् ।

समारोहमा शुभकामना मन्तव्य तथा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताए । निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतीको उपादेयतालाई पुष्टी गर्ने बिश्वास व्यक्त गर्दै उनले यस कार्य सफलताका लागि मातहतलाई समेत निर्देशन दिई काम गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा पदोन्नती भएका प्रहरी अधिकतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै एआइजी हेमन्तबहादुर पालले बहुआयामिक उद्देश्य बोकेको प्रहरी संगठनमा आफ्नो विवेक र अनुभवको उचित प्रयोग गरी संगठनको गरिमा बढाउने कार्यमा कटिवद्ध रही कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै