• २०८१ बैशाख ७ शुक्रबार

मेसीलाई बेन्चमा किन राखियो ? यस्तो छ कारण 

kharibot

काठमाडौँ । बार्सिलोनाका लियोनेल मेसीलाई बेन्चमा राखेर युभेन्टसबिरुद्ध खेल्ने निर्णयको आलोचना भैरहेका बेला यसको निर्णय केहि दिन अघि नै भएको खुलासा भएको छ ।

गएराती बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा युभेन्टसविरुद्ध बिना कुनै गोलमा चित्त बुझाए पछि म्यानेजर इर्नेस्टा भल्भेर्डेले मेसीलाई बेन्च राखेर गल्ती गरेको टिप्पणी हुन थालेको छ । मेसी यस खेलमा ५६औ मिनेटमा मात्र मैदानमा आएका थिए ।

बार्सिलोनालाई जित्ने उद्देश्यले नखेलेको आरोप लागेको छ । स्पेनिस मिडियाले भने मेसीलाई बेन्चमा राख्ने निर्णय केहि दिन अघि नै गरेको उल्लेख गरेका छन् ।

खेलपछि म्यानेजर इर्नेस्टाले मेसीलाई बाहिर राखेर खेल्नु कठिन कुरा भएको बताएका छन् । यो नितान्त कोचिंग निर्णय भएको बताउदै उनले मेसीले धेरै खेलमा उत्कृष्ट सुरुवात दिएको भएपनि यस खेलमा मेसीलाई दोस्रो हाफमा खेलाउने निर्णय अनुसार नै यसो गरिएको बताए । उनले पहिलो हाफमा खेल प्रतिष्पर्धात्मक हुने र दोस्रो हाफमा हामीलाई केहि सजिलो हुने अनुमान अनुसार रणनिति बनाइएको र मेसीलाई बाहिर राखिएको बताए ।  

यो निर्णयमा मेसीको समर्थन थियो त भन्ने प्रश्नमा म्यानेजर इर्नेस्टाले यो म्यानेजरको आन्तरिक निर्णय भएको बताए ।

म्यानेजरले जे भने पनि बार्सिलोनाले आगामी आइतबार ला लिगामा दोस्रो स्थानमा भ्यालेन्सियासँगको महत्वपूर्ण खेलका लागि मेसीलाई आराम दिएको स्पेनिस मिडियाले चर्चा गरेका छन् ।

ला लिगामा भ्यालेन्सियाले बार्सिलोनालाई चुनौती दिइरहेको छ । हाल बार्सिलोनाको १२ खेलमा ३४ अंक छ भने भ्यालेन्सिया १२ खेलमा ३० अंकसहित बार्सिलोनालाई चुनौती दिइरहेको छ  । बार्सिलोनाले ला लिगालाई बढी महत्व दिएका कारण मेसीले युभेन्टसविरुद्ध पुरा समय नखेलेको चर्चा चलेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै