• २०८१ बैशाख ७ शुक्रबार

बाबुले गरे छ वर्षे छोराको हत्या

kharibot

जुम्ला । यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् ।

बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उनले बताए ।

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै