‘फेशन शो’ मा २० करोडको ब्रा लगाउने भाग्यमानी मोडल ! 

खरीबोट

काठमाडौँ । चीनको संघाईमा हालै सम्पन्न एक फेसन शोमा एक मोडलले लगभग २० करोड ७८ लाख नेपाली रुपैयाँ बराबरको ब्रा लगाएर मोडलिङ गरेकी छन् ।

२७ बर्षिय ब्राजिलियन मोडल लाइस रिबेरियोले यति महँगो ब्रा लगाएर फेशन शोमा भाग लिने मौका पाएकी हुन् । यति महँगो ब्रा लगाएर शोमा भाग लिन पाउने भाग्यमानी मोडलको रुपमा उनलाई अहिले संसारभर चर्चा गरिएको छ ।

‘भिक्टोरिया सेक्रेट फेशन शो’ मा विश्वभरका चर्चित मोडलहरुले भाग लिएका थिए ।

‘भिक्टोरिया सेक्रेट फेन्टासी ब्रा’ नाम दिइएको सो ब्रा करिब ३५० घण्टा लगाएर बनाइएको आयोजकले बताएका छन् । यसमा ६ हजार बह्न्दा बढी जेम्स स्टोनको प्रयोग गरिएको छ भने यसमा १८ क्यारेटको सुनको प्रयोग पनि गरिएको छ ।

बार्षिक रुपमा आयोजना हुने ‘भिक्टोरिया सेक्रेट फेशन शो’ यस पटक पहिलो पटक आयोजना चीनमा गरिएको भएपनि विवादबाट भने मुक्त हुन् सकेन । 

यस फेशन शो मा भाग लिने कैयौ मोडललाई चीनले भिसा दिन अस्विकार गरेको चर्चा चलेको छ । चर्चित मोडल गिगी हदिद, जुलिया बेल्याकोभा, इरिना शरिपोभा जस्ता मोडललाई चीनले भिसा दिन अस्विकार गरेकाले यस फेशन शो मा भाग लिन नसकेको फेश्निष्टाले रिपोर्ट सार्वजनिक गरेको छ । 

त्यस्तै चर्चित गायिका केटी पेरीपनि यस फेशन शोमा भिसा कै कारण आउन नसकेको बताइएको छ ।  यस फेशन शोलाई नोभेम्बर २८ मा सिबिएस च्यानलमा टेलिकाष्ट गरिने आयोजकले जनाएका छन् ।
 

सम्बन्धित समाचार

आरजेदेखि मोडलसम्म सफल कर्मा लामा

काठमाडौं । रेडियो पत्रकारितामा पैसाभन्दा नाम बढी कमाइन्छ भन्ने भनाइ छ ।  कसैकसैको जीवनमा यो सही साबित पनि भएको छ । रेडियोलाई कर्मभूमि बनाएका धेरैले यसलाई स्वीकार्छन् । त्यस्तै धेरै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

काठमाडौँ ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ ।  सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा

ओपोका लोकप्रिय मोडल एफथ्री, एफवानएस र ए७१ नयाँ मूल्यमा उपलब्ध

काठमाडौं । वैश्विक रुपमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (३

सुपर मोडल मिलिंदले ३४ बर्ष कम उमेरकी प्रेमिकासँग विवाह गर्दै 

मुम्बई । केहि समय अघि आफु भन्दा ३४ बर्ष कम उमेरकी युवतीसँगको प्रेमका कारण चर्चामा आएका बलिवुडका सुपर मोडल एवं अभिनेता मिलिंद सोमनले छिट्टै घरजम गर्ने भएका छन् ।  मिलिंद सुपर