• २०८१ बैशाख १२ बुधबार

जनगायक पाख्रिनको बौद्ध परम्पराअनुसार अत्येष्टि

kharibot

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा बुधबार भरतपुरमा झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

रत्ननगर, चितवन ।  जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ । 

उहाँको पार्थिव शरीरलाई छोरा बाबुरामले दागबत्ती दिएका थिए । जलाएर अत्येष्टि गरी अस्तु ल्याइएको जानकारी दिँदै उनका ज्वाई प्रताप गुरुङले तामाङ जातिको परम्पराअनुसार यही मंसिर १६ र १७ गते चोख्याउने बताए । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार पाख्रिनको ६५ वर्षको उमेरमा मंगलबार हृदयाघात भई मृत्यु भएको थियो । संयुक्त वाम गठबन्धनद्वारा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा मंगलबार गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको थियो । 

पाख्रिनको शव आज बिहान अन्तिम श्रद्धाञ्जलिका लागि भरतपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा राखिएको थियो । सो क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेता रामबहादुर थापालगायतका नेताले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै