• २०८१ बैशाख १३ बिहीबार

वीरगञ्जमा विप्लव–समर्थक भनेर माओवादी केन्द्रका नेता पक्राउ !

kharibot

पर्सा प्रहरीले पक्राउ गरेका नेकपा माओवादी केन्द्रका नेता अकलु यादवलाई रिहा गर्न नेकपा माओवादी केन्द्र पर्साले माग गरेको छ । पार्टीका जिल्ला निर्वाचन समिति संयोजक विजय महतोले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना नेतालाई रिहा गर्न माग गरेका हुन् ।

मंगलबार प्रहरी कार्यालयबाट भेट्ने उद्देश्यले फोन गरी बोलाएर यादवलाई विप्लव माओवादीको कार्यकर्ता भन्दै गिरफ्तार गरेको आरोप पर्सा माओवादीको छ । नेता यादवलाई प्रहरी हिरासतमा राखेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

यादव विप्लव माओवादीको नेता नभई नेकपा माओवादी केन्द्रका नेता भएकोले उनलाई रिहा गर्न बारम्बार प्रहरीलाई अनुरोध गर्दा समेत अनुसन्धानको लागि भन्दै हिरासतमा राखेकोले यो निर्वाचन बिथोल्ने सरकारी षड्यन्त्र भएको माओवादी केन्द्रले आरोप लगाएको छ ।

माओवादी केन्द्र पर्साले यादवको तत्काल रिहाको माग गर्दै उनलाई रिहा नगरिए कडा अन्दोलनमा उत्रिने र यसबाट हुने सम्पूर्ण घटनाको जिम्मेवार सरकार नै हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै