• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिग प्रिभ्यु : युभेन्टसलाई पहिलो पटक उसको घरमा हराउने दाउमा बार्सिलोना

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज राति बार्सिलोना र इटालीको फुटबल टिम युभेन्टस खेल्दै छन् ।

समुह डी अन्तर्गत यस अघिको खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० ले हारेको युभेन्टस बार्सिलोनालाई आफ्नो घरमा हराउने रेकर्डलाई निरन्तरता दिने दाउमा छ भने बार्सिलोना युभेन्टसलाई उसकै घरमा पहिलो पटक हराउने दाउमा रहेको छ । 

बार्सिलोनाले अहिलेसम्म युभेन्टसलाई उसको घरमा पराजित गर्न सकेको छैन । यस अघि युभेन्टसको घरेलु मैदानमा यी दुई टिमबीच भएका च्याम्पियन्स लिगका ५ खेलमा ३ खेलमा युभेन्ट्स विजयी भएको थियो भने २ खेल बराबरीमा सकिएका थिए ।

समुह डी मा बार्सिलोना अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलेका ४ खेलमा तीन जित र एक बराबरी सहित बार्सिलोनाको ४ खेलमा १० अंक रहेको छ । यस खेलमा बराबरी खेले मात्र पनि बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउ बनाउन सफल हुन्छ ।

यता युभेन्ट्स आजको खेलमा जित हासिल गरे अन्तिम १६ का लागि छनौट हुन्छ । युभेन्टसको अहिले ४ खेलमा ७ अंक रहेको छ । युभेन्टसले समुह चरणको अन्तिम खेल ओलम्पियाकोससँग खेल्ने छ भने बार्सिलोना पोर्चुगलको क्लब स्पोर्टिंग लिस्बनसँग खेल्ने छ ।

हालै इटालियन लिगमा पराजित भएर युभेन्टसले आफ्नो फर्ममा फर्किन संघर्ष गरिरहेको देखिन्छ । धेरै जसो इटालीका राष्ट्रिय टिमका खेलाडीहरु रहेको युभेन्टसलाई हालै इटालीको विश्वकप छनौटको असफलताले पनि मनोवैज्ञानिक असर पुग्ने देखिन्छ । त्यस्तै बार्सिलोनाको प्रदर्शन बहने यस सिजनमा उत्कृष्ट रहेको छ ।

ला लिगामा शतप्रतिशत नतिजा निकालेको बार्सिलोना च्याम्पियन्स लिगमा पनि अपराजित रहेको छ । मेसीको उत्कृष्ट फर्मका साथै अर्का स्ट्राइकर लुइस स्वरेज पनि केहि दिन अघिको ला लिगा खेलमा दुई गोल गर्दै फर्ममा फर्किनु बार्सिलोनाका लागि सुखद समाचार बनेका छन् ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो अल्गेरीले मेसीलाई रोक्न गाह्रो हुने बताएका छन् । अल्गेरीले भनेका छन् –‘१० सेन्टिमिटर ठाउपाएपनि मेसीले बललाई सहि ठाउमा पास दिन सक्छन जुन विश्वमा कुनै खेलाडीले गर्न सक्दैनन् त्यसैले हाम्रो प्रयास मेसीलाई रोक्ने नै हुनेछ ।’

यता बार्सिलोनाका म्यानेजर इर्नेष्टो भाल्भर्डेले युभेन्टस बलियो टिम भएको बताउदै दुवै मध्ये कुन टिमले जित्छ भनेर भन्न नसकिने बताए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै