• २०८१ बैशाख ७ शुक्रबार

बारामा मतदाता रिझाउन घर—घर चहार्दै उम्मेदवारहरु

kharibot

बारा । आसन्न मंसिर २१ गतेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा बारामा पनि चुनावी माहोल तातेको छ । बारामा विशेषगरी वाम गठबन्धनसहित नेपाली कांग्रेस र राजपाको त्रिपक्षीय भीडन्तका लागि दलका उम्मेदवारहरु चुनावी घरदैलो र सभामा व्यस्त छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बाराका २४ तहमध्ये गठबन्धन गरेको माओवादी र एमाले नै बलियो देखिए पनि चारवटा क्षेत्र रहेको बारामा कांग्रेसले ३ क्षेत्रसहित स्पष्ट बहुमत ल्याउने तयारीमा चुनावी अभियानमा लागेको छ । दलका उम्मेदवारहरु यति बेला मतदाताका घरदैलोमै पुगेर मत मागिरहेका छन् भने अनेकौ चुनावी एजेण्डा मतदातालाई बाँडिरहेका छन् ।

बारा क्षेत्र नम्बर ४ ‘क’बाट नेपाली कांग्रेसले प्रदेश सभाको उम्मेदवार बनाएको ओमकृष्ण कार्कीले जिल्लामा कांग्रेसको स्पष्ट बहुमतसहितको जित पक्का भएको बताएका छन् । उनले नेपालको विगत इतिहासदेखि नै ठूला आयोजनाहरुलाई कांग्रेसले नै नेतृत्व गरिरहेकाले अबको समृद्धि अभियानमा कांग्रेसको जित अपरिहार्य रहेको बताए ।

यता कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सद्स्य लालबाबु सिंहले चुनावी अभियानका क्रममा उनले गठबन्धनप्रतिको मतदाताको अविश्वास नै कांग्रेसको जित भएको दाबी गरे । उनले अबको समृद्धि अभियानमा कांग्रेसको जित अपरिहार्य रहेको बताए । यस्तै बारा क्षेत्र नम्बर ४ का नेकपा एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका देव नारायण चौधरीले देशमा गठबन्धन सरकारलाई स्थायित्व दिने बताउँदै जितलाई कसैले रोक्न नसक्ने बताए ।

उनले बाराका एतिहाँसिक गौरवका धरोहरलाई जोगाउँन र संम्वर्धन गर्नका लागी पनि आँफु उम्मेदवार बनेको बताए । यस्तै राजपाबाट बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका एकबाल मियाँले मधेसी सहिदको बलिदानी पुरा गर्नका लागी आँफु उम्मेदवर बनेको बताए ।

उनले मधेशका जनताको हक र हितका लागी संबिधान संशोधनको आवश्यक्ता रहेकोले पनि संंशोधनका लागी आँफुले जित हाँसिल गर्न आवश्यक रहेको जिकिर गरे । त्यस्तै उम्मेदवारहरुले घरदैलो आएर जतिसुक्कै आश्वासन बाँडेर रिझाउने काम गरे पनि आफूहरुले योग्य उम्मेदवारहरुलाई मात्र आफ्नों मत दिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै