• २०८१ बैशाख १२ बुधबार

धनगढीमा ज्योति विकास बैंक लिमीटेडको शाखा स्थापना

kharibot

काठमाडौं । ज्योति विकास बैंक लिमीटेडले देशैभरी आफ्नो शाखा स्थापना गर्ने क्रममा कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा खोलेको छ । धनगढीको चौराहमा बुधबार देखी औपचारीक रुपमा कार्यालय स्थापना गरी कार्यसञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रमुख धनन्जय शर्मा र धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले संयुक्त रुपमा गरेका थिए।

केही दिन अगाडि मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकाको फापरबारी, र हेटौंडा बजार हाखा स्थापना गरेको थियो भने  महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

कायैक्रममा बोल्दै कार्यक्रमका सभापति तथा बैंकको सञ्चालक समितीका सदस्य जगदीश्वर प्रशाद अधिकारीले ‘सेवा क्षेत्रलाई शहरी एवं ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएका छौ’ भने।  

अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बैंकको उत्तरोत्तर प्रगतिको कामना भन्दै शुभकामना दिएका थिए। कार्यक्रममा बैंकको संचालक  समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोज कुमार ज्ञवाली,उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउदै आएको छ ।

स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउदै आएको छ । 

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँनिक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै