• २०८१ बैशाख ११ मंगलबार

नेता निधिलाई भेट्न प्रधानमन्त्री देउवा ओम अस्पतालमा 

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँको ओम अस्पतालमा उपचार गराइरहेका नेता विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार बिहान अस्पताल पुगेर प्रधानमन्त्री देउवाले नेता निधिको स्वास्थ्य स्थितिको जानकारी लिदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
निधिलाई भेट्न आजै महामन्त्री डा. शशांक कोइरालाले पनि पुगेका थिए ।

चुनाव प्रचारको क्रममा घांटीमा समस्या आएपछि फलोअपका लागि अस्पताल पुगेका निधिलाई डाक्टरहरुले भर्ना गरेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि नेता निधि सोमबार साँझदेखि अस्पतालमा भर्ना भएका थिए ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको अस्पतालले जानकारी दिएको छ ।  कांग्रेस नेता निधि धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै