इलामको फिक्कलमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

खरीबोट
ad

मङ्गलबारे(इलाम) / मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिशाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

दाङ / जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख

 बाँकेमा स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

 बाँके / बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय

सप्तरीमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी

पाकिस्तानमा शुक्रबार भएको हिंसामा परी मृत्यु हुने संख्या १४९ पुग्यो

इस्लामावाद ।  पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ ।  पाकिस्तानाको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको