• २०८१ बैशाख १३ बिहीबार

मेलम्चीका कारण एक महिनादेखि धारामा पानी आएन [फोटो फिचर]

kharibot

काठमाडौँ, मेलम्ची खानेपानी ल्याउन पाईप बिच्छ्याउनको लागी खनीएको सडकको कारण माहाङ्काल ओसगल्लीमा गत एक महिना एता धारामा पानी आएको  छैन । हप्तामा दुई पटक पानी आउने ओसगल्लीमा एक महिना देखी पानी नआएपछी ओसगल्लीवासी समस्यामा परेका छन् । असार १७ गते देखी धारामा पानी आएको  छैन ।

पटक पटक काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेड महाशाखा माहाङ्कालमा गएर कुरा गर्दा पनी अहिले सम्म कुनै निकासको बाटो ननिस्केको स्थानीयहरुको गुनासो छ । पानीको पाईपमा कहाँ के भएको भन्ने पत्ता नलागे पनी पानीमा लेदो पसेर जाम भएको अनुमान स्थानीयको छ ।

“बाटो नखन्नुजेल राम्रो संग पानी आएको थियो जब बाटो खनीयो त्यसपछि पानी आउन  छोडेको हो स्थानीय काकु खड्का बताउछिन ।” धारामा पानी नआउदा ट्याङ्करबाट पानी बितरण गर्न सकिन्थ्यो तर ट्याङ्कर हिड्ने बाटो नै नभएपछि समस्या धेरै बढेको हो । पाईप बिछ्याउनको लागी मेलम्ची खानेपानीले लामो समय देखी  सडक खनेर माटो थुपारेर राखेको छ त्यो काम कहिले सकिन्छ भन्ने कुरा कसैलाई थाहा छैन् । चैत, बैशाख र जेठ जस्ता सुख्खा महिनामा समेत नभएको खडेरी असार साउनमा लागेकोमा ओसगल्लीबासी चिन्तीत छन् । जसरी पनी धारामा पानी आउनुपर्ने स्थानीयको माग रहेको छ ।

उता खानेपानी लिमिटेडका प्रमुख उमेशबाबु मरहट्ठा भने पानी बितरणको लागी आफु निरन्तर रुपमा लागीपरेको बताउछन् । “पानीको पाईपमा के भएको हो त्यसको लागी आफुले मान्छे खटाएको र भोलीसम्म धारामा पानी आउने छ ।” ओसगल्लीबासी आफैले पाईपमा के भएको हो भनी हेर्नको लागी खनेको खाल्टोमा पिच भने माहाङ्काल पानी ट्याङ्की वा मेलम्चिले खानेपानीले गर्नुपर्ने माग स्थानीयको छ । तर माहाङ्काल पानी ट्याङकीका प्रमुख आफुले गर्न नसक्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै