• २०८१ बैशाख १३ बिहीबार

काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका

kharibot

नुवाकोट ।  नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ । 

घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । 

शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ । 

यसअघि नेता थापालाई नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारीले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै