नवलपरासीमा शीर्ष नेताको अस्तित्वको लडाइँ, कसले मार्ला बाजी ? 

खरीबोट

नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ । 

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि सो क्षेत्र चर्चामा छ । 

को को छन् ? शीर्षनेताहरु चुनावी मैदानमा 

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा रहेका छन् । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन् । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । 

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा रहेका छन् । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । कलवार २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका छन् । 

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा रहेका छन् । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । 

नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् । 

प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् ।
 

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : काठमाडौँ-२ मा पूर्वप्रधानमन्त्री नेपाललाई टक्कर दिदै कांग्रेसका कुइँकेल 

काठमाडौँ । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।  वाम गठबन्धनका उम्मेदवार

धनुषाको चुनावी भिडन्त : धेरैजसो केन्द्रीय नेताहरुको भविष्य दाउमा

महेन्द्रनगर, धनुषा) । मंसिर २१ गतेको चुनाव आउन चार दिन बाँकी रहँदा धनुषाका उम्मेदवार मत माग्न सहर केन्द्रित हुन थालेका छन् । एक चरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो

चर्चित निर्वाचन क्षेत्र : जीतको खोजीमा पूर्वराजदूत उपाध्याय र पूर्वकमाण्डर खनाल    

कपिलवस्तु । कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहेका चक्रपाणि खनाल र पूर्वराजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।  उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव

चर्चित निर्वाचन क्षेत्र : महोत्तरीमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाइँ

गौशाला । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।  काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका