• २०८१ बैशाख ४ मंगलबार

स्थायी परिवार नियोजनपछि सेक्स जीवन बढी आनन्दमय 

kharibot

काठमाडौँ । हाम्रो जीवनशैलीलाई ससानो कुराले पनि ठुलो असर गरिरहेको हुन्छ । तर हामीलाई यसको असर र प्रभावको बारेमा प्रयाप्त जानकारी हुदैन जसको कारणले हामीले यसबाट हुने फाइदा या राम्रो कुराको पर्याप्त फाइदा उठाउन असफल हुन्छौ र हामी दुखि हुन्छौ ।

हामीले हाम्रो जीवनको अभिन्न अंग रहेको सेक्स जीवनको एउटा पाटोको बारेमा चर्चा गर्न लागेका छौ । हुन् त हाम्रो सामाजिक बन्धनका कारण हामी अहिलेपनि हाम्रो सेक्स जीवनबारे खुलेर कुरा गर्न सक्दैनौ र गर्दैनौ तर सफल जीवन बनाउन अहिलेको खुला समाजमा राम्रो कारणको लागि सेक्स सम्बन्धि सबै पक्षको जानकारी लिनु अत्यावश्यक रहेको छ ।

अर्को भाषामा भन्दा सामाजिक बन्धन को दायरामा रहेर पनि सेक्स समबन्धि जानकारी हासिल गर्न सकिन्छ । अझ अहिलेको इन्टनेट र डिजिटल मिडियाको जमानामा त यो निकै सजिलो भएको छ ।

आज हामीले महिला या पुरुषले स्थायी परिवार नियोजन गरेपछि उनीहरुको सेक्स जीवनमा आउने सकारात्मक असरका बारेमा चर्चा गर्दै छौ । 

हालै गरिएको एक अनुसन्धानले स्थायी परिवार नियोजन पछि सेक्स जीवन पहिला भन्दा राम्रो र सन्तुष्ट हुने देखिएको छ । सेक्सका विशेषज्ञ डाक्टरहरुले स्थायी परिवार नियोजन पछि महिला र पुरुष दुबैमा गर्भ रहने डर समाप्त हुने हुनाले उनीहरुको सेक्स जीवनमा व्यापक सुधार आउने बताएका छन् । 

यसलाई अनुसान्धानले पनि पुष्टि गरेको छ । अमेरिकाको एक विश्वविद्यालयले गरेको अनुसन्धानमा स्थायी परिवार नियोजन पछि पुरुषमा सेक्सको आनन्द बढेको देखिएको छ भने महिलामा पनि पहिला भन्दा कम नभएको पाइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै