• २०८१ बैशाख ५ बुधबार

मेसी बार्सिलोनामै रिटायर्ड हुनुपर्छ – जाभी 

kharibot

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड प्लेमेकर जाभीले लियोनेल मेसीले बार्सिलोनाबाटै सन्यास लिनुपर्ने धारणा व्यक्त गरेका छन् । 

बार्सिलोनाबाट रेकर्ड ७६७ खेल खेलेका जाभीले बार्सिलोनालाई मेसीको जरुरत भएकाले मेसी बार्सिलोनामै बस्नुपर्ने बताएका छन् । 

मेसीले बार्सिलोना छोड्ने खबर तरंगित भइरहेका बेला जाभीको यस्तो भनाई आएको हो । बार्सिलोनाका अध्यक्ष र ला लिगाका अध्यक्षले मेसीले बार्सिलोना नछोड्ने दाबि गरिरहे पनि मेसीले अहिलेसम्म आफ्नो सम्झौताको नवीकरण भने नगरेको बताइएको छ । 

हाल कतारको अल सद क्लबबाट खेलिरहेका जाभीले एक अन्तर्वार्तामा मेसीले सम्झौता नविकरण गरेको विषयमा आफुलाई जानकारी नभए पनि बार्सिलोनालाई अहिले मेसीको जरुरत रहेको छ त्यसैले उनले आफ्नो क्यारियर बार्सिलोनामै अन्त्य गर्नु पर्दछ भनेका छन् । फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएकाले मेसी बार्सिलोनामै बसेर अझ धेरै उपाधि जिताउनु पर्ने जाभीले बताए ।

जाभीलाई २०२२ को विश्वकपका लागि कतारको राष्ट्रिय टिमको म्यानेजर बन्ने प्रस्ताव बारे बोल्दै जाभीले आफु म्यानेजरको लाइसेन्स लिने प्रक्रियामा रहेको र कतार जस्तो टिमको म्यानेजर बन्न पाउने प्रस्ताव मेरा लागि गर्वको कुरा भएको बताए । कतारलाई २०२२ को विश्वकपका लागि तयार गर्न जाभीलाई म्यानेजरको प्रस्ताव गरिएको छ ।

बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग र स्पेनका लागि विश्वकप जित्दाका महत्वपूर्ण खेलाडी जाभिले आफुले विश्वका उत्कृष्ट म्यानेजरसँग खेलेकाले आफुमा म्यानेजरमा हुनुपर्ने गुण भएको बताए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै