• २०८१ बैशाख ७ शुक्रबार

सेभिल्लाको उत्कृष्ट कम्ब्याक पछि लिभरपुल दबाबमा 

kharibot

काठमाडौँ । इङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा छनौट हुन् अन्तिम खेल पर्खिनु पर्ने भएको छ । 

गएराती स्पेनिस क्लब सेभिल्लासँग अत्यन्त राम्रो सुरुवात गरेको लिभरपुलले दोस्रो हाफमा सम्हालिन नसक्दा अन्तिम १६ मा छनौट हुने मौका गुमायो । अब च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउ बनाउन लिभरपूलले स्पार्टकसँग कम्तिमा बराबरी गर्नुपर्ने छ ।

यस खेलको पहिलो हाफमा लिभरपुलले रोबर्ट फिरमिनोको दुई गोलको मद्धतले ३-० को अग्रता हासिल गरेको थियो तर दोस्रो हाफमा सेभिल्लाले कम्ब्याक गर्दै खेल ३-३ को बराबरी गरेको थियो ।

समुह ई मा लिभरपुल ५ खेलमा ९ अंक सहित शिर्ष स्थानमा रहेको छ भने सेभिल्ला ५ खेलमा ८ अंक सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्पार्टक ५ खेलमा ६ अंक सहित तेस्रो स्थानमा रहेको छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै