सेभिल्लाको उत्कृष्ट कम्ब्याक पछि लिभरपुल दबाबमा 

खरीबोट

काठमाडौँ । इङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा छनौट हुन् अन्तिम खेल पर्खिनु पर्ने भएको छ । 

गएराती स्पेनिस क्लब सेभिल्लासँग अत्यन्त राम्रो सुरुवात गरेको लिभरपुलले दोस्रो हाफमा सम्हालिन नसक्दा अन्तिम १६ मा छनौट हुने मौका गुमायो । अब च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउ बनाउन लिभरपूलले स्पार्टकसँग कम्तिमा बराबरी गर्नुपर्ने छ ।

यस खेलको पहिलो हाफमा लिभरपुलले रोबर्ट फिरमिनोको दुई गोलको मद्धतले ३-० को अग्रता हासिल गरेको थियो तर दोस्रो हाफमा सेभिल्लाले कम्ब्याक गर्दै खेल ३-३ को बराबरी गरेको थियो ।

समुह ई मा लिभरपुल ५ खेलमा ९ अंक सहित शिर्ष स्थानमा रहेको छ भने सेभिल्ला ५ खेलमा ८ अंक सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्पार्टक ५ खेलमा ६ अंक सहित तेस्रो स्थानमा रहेको छ । 
  
 

सम्बन्धित समाचार

म्यान्चेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो, गोल किपर डिगाले हारबाट बचाए 

काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा इङलिश प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेड र  स्पेनिस क्लब सेभिया बराबरीमा रोकिएका छन् । गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले सेभियाकै मैदानमा बराबरीमा

बार्सिलोना र चेल्सी बराबरीमा, मेसीले गरे चेल्सीविरुद्ध पहिलो गोल 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लिगमा दुवै टमले १-१ गोल गरेपछि बराबरीमा रोकिएका हुन् ।  पहिलो

च्याम्पियन्स लिग : लिभरपुलको जितमा मानेको ह्याट्रिक 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरेका छन् । खेलको २५औं मिनेटमा

पिएसजीमाथि रियल म्याड्रिडको शानदार जित, रोनाल्डोले बनाए नयाँ रेकर्ड 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान भएको खेलमा फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ गोल अन्तरले