जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेद्वारा अन्तत: राजीनामा, खुशियाली मनाउन जनता सडकमा 

खरीबोट
ad

हरारे ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले अन्तत: राजीनामा दिएका छन् । पछिल्लो ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् । 
मुगावेको राजीनामासँगै राजधानी हरारे लगायतका देशका विभिन्न ठाउमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । 

मुगावेले दिएको राजीनामाको पत्र संसदमा सभामुखले पढेर सुनाएका थिए । मुगावेले आफूले स्वतन्त्र रुपमा तथा राजी खुशीले राजीनामा दिएको पत्रमा उल्लेख गरेका थिए । यस्तै सत्ताको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

सन् १९८० देखि लगातार सत्तामा रहँदै आएका मुगावेको ठाउँमा अब पूर्वउपराष्ट्रपति एम्मर्सन मन्नगागावाले सत्ता सम्हाल्ने सत्तारुढ जानु–पिएफ पार्टीले जनाएको छ ।

यो महिनाको सुरुमा मुगावेले मन्नगागावालाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक संकट गहिरिएको थियो । यस्तै गएको हप्ता सेनाले मुगाबेलाई घरमै नजरबन्दमा राखेर नदेखिने गरी सत्ता आफ्नो हातमा लिएको थियो । त्यसपछि मुगाबेमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो ।

उनलाई जानु–पिएफ पार्टीले नेताबाट पनि बर्खास्त गरेको थियो । तर मुगाबेले भने राजीनामा नदिने बताउँदै आएका थिए । महाभियोग लागाउने तयारी सुरु भएपछि उनले राजीनामा पत्र संसदमा पठाएका थिए ।  
 

सम्बन्धित समाचार

विश्वकपमा छनौट हुननसकेपछि जिम्बाबेका कप्तानसहित सम्पूर्ण कोचिंग स्टाफ बर्खास्त 

काठमाडौं । विश्वकपमा छनौट हुन् नसकेको जिम्बाबे क्रिकेट बोर्डले कप्तानसहित सम्पूर्ण कोचिङ स्टाफलाई बर्खास्त गरेको छ ।  अन्तिम खेलमा युएईसँग पराजित भएर २०१९ मा हुने विश्वकपमा छनौट हुन् असफल भएको जिम्बाबेले

युएईसँग जिम्बाबे पराजित, आयरल्याण्ड र अफगानिस्तानलाई विश्वकपमा छनौट हुने मौका  

काठमाडौँ । आसीसी विश्वकप छनौट खेलको सुपर सिक्सको अन्तिम खेलमा युएईसँग पराजित भएपछि आयोजक जिम्बाबेको विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ ।  अब शुक्रबार हुने आयरल्याण्ड र अफगानिस्तानबीचको खेलको विजेता विश्वकपमा

नेपालविरुद्ध गलत एक्सनमा बलिङ गरेका जिम्बाबेका भिटोरीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध  

काठमाडौँ । जिम्बाबेका बलर ब्रायन भिटोरीलाई आइसीसीले तत्काल देखि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ । गत फागुन २० गते नेपालविरुद्धको खेलमा अवैध बलिङ एक्सनले बलिङ गरेको भन्दै उनलाई

अफगानिस्तानमाथि जिम्बाबेको २ रनको जित, अफगानिस्तानको दोस्रो हार 

काठमाडौँ ।  विश्वकप छनौट अन्तर्गत नेपालको समुह बि मा रहेको आयोजक जिम्बाबेले अफगानिस्तानलाई २ रनले पराजित गरेको छ । १९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९.३ ओभरमा १९४ रनमा अलआउट भएपछि आयोजक