• २०८१ बैशाख १३ बिहीबार

म्यान्चेस्टर सिटीको जितमा स्टरलिङको निर्णायक गोल, १७ बर्षिय फोडेनको डेभ्यु  

kharibot

काठमाडौँ । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराती भएको समुह चरणको खेलमा फेयनओर्डविरुद्ध रहिम स्टरलिङले खेलको ८८औ मिनेटमा एक मात्र गोल गरेपछि सिटी जितसहित प्रतियोगिताको अन्तिम १६ मा छनौट भएको हो ।

समुह एफ मा सिटीको ५ खेलमा १५ अंक भएको छ भने अब समुह चरणमा सिटीले शख्तर डोनेटस्कसँग खेल्ने छ ।

म्यान्चेस्टर सिटीका लागि यो खेल धेरै किसिमले महत्वपूर्ण रह्यो । सिटीबाट हालै इङल्याण्डलाई अन्डर १७ विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेल्ने फिल फोडेनले सिनियर टिममा डेभ्यु गरेका छन् । उनि च्याम्पियन्स लिग खेल्न चौथा सबै भन्दा युवा खेलाडी हुन् । उनि अघि ज्याक वेल्शायर, डोमिनिक सोलांक र ऐन्सले मैटल्याण्ड रहेका छन् ।

त्यस्तै म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार ५ खेल जितेको यो पहिलो पटक हो भने सिटीले पहिलो पटक २४ च्याम्पियन्स लिगका खेलमा २३ गोल गरेको छ ।

सिटीका म्यानेजर पेप ग्वार्डीवालाको सिटीको म्यानेजरको रुपमा यो ५०औ जित पनि हो । पेपले सिटीमा ७५औ खेलमा ५० जित निकालेका छन् । १० खेलमा हार बेहोरेका छन् भने १५ खेल बराबरीमा सकिएका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै