• २०८१ बैशाख १४ शुक्रबार

रौटहत बम विस्फोटका घाइतेसँग प्रचण्डको भेट

kharibot

रत्ननगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि रौतहटमा भएको बम विस्फोटमा परी घाइते भएका बिरामी सरिता राई र उनका छोरा जैविकको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् । 

भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका उनीहरुलाई आज साँझ अस्पतालमा पुगेर भेट गर्दै उनले उपचार राम्रो भइरहेकाले चाँडै निको हुने भन्दै सान्त्वना दिए । 

अध्यक्ष दाहालले घाइतेलाई भेटेर भने, ‘सन्चो हुन्छ, धैर्य गर्नुहोस् ।’ उनले उपचार चलिरहेकाले धैर्य लिन र नआत्तिन आग्रहसमेत गरे । सो क्रममा दाहालसँग घाइते राईले आफ्नो घरमा केही छैन भन्दै उपचारमा निको हुन्छ की हुँदैन भनेर चिन्ता प्रकट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै