• २०८१ बैशाख १२ बुधबार

नेकपाका चार कार्यकर्ता पक्राउ

kharibot

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहल पहल बढ्दै गएको बेला निर्वाचन विरोधी गतिविधिमा संग्लन हुन सक्ने भन्दै प्रहरीले चार जनालाई कार्यकर्तालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

जिल्लाको शिवराज गाउँपालिकाबाट तीन र महाराजगञ्जमा एक गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । निर्वाचन विरोधी गतिविधिमा संलग्न र निर्वाचन बिथोल्ने गतिविधि सम्बन्धि योजना बनाइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै