• २०८१ बैशाख १४ शुक्रबार

तीन कार्यकर्ता पक्राउ

kharibot

बनेपा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई आज काभ्रेपलाञ्चोकमा प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई पार्टीका विभिन्न काममा संलग्न भएको अवस्थामा जिल्लाको चाँैरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल, भीमसेन गौतम र बनेपा–१ का रामकुमार तामाङलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

चुनावलाई लक्षित गरी प्रहरीले उनीहरुमाथि निगरानी बढाउँदै आएको थियो । तीनै जना जिल्लास्तरीय कार्यकर्ता हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै