• २०८१ बैशाख ७ शुक्रबार

आर्सनलका ओजिल बार्सिलोना आउने वातावारण बन्दै, एजेन्टले दिए यस्तो प्रस्ताव  

kharibot

काठमाडौँ । आर्सनलबाट खेल्ने जर्मनीका प्लेमेकर मेसुट ओजिल बार्सिलोना जाने विषयमा नयाँ रिपोर्ट बाहिर आएको छ ।

ओजिलका एजेन्ट डा.इर्कुट सोगुटले ओजिलका विषयमा आर्सनलको प्रस्ताव बार्सिलोनाको व्यवस्थापनसम्म पुर्याएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार डा. सोगुटले आर्सनलले २० मिलियन पाउण्डमा ओजिललाई बेच्न राजी भएको बताएका छन् ।  

आगामी जनवरीमा ओजिललाई बेच्न अर्सनलका म्यानेजर आर्सन वेंगरपनि राजी भएको रिपोर्टमा बताइएको छ । आर्सनलले ओजिललाई क्लबमा राख्न सम्झौता नविकरणको प्रयास गरेपनि ओजिलले नमाने पछि जनवरीमै उनलाई बेच्न खोजेको बताइएको छ ।

यता ओजिलले पनि ५-६ क्लबसँग हाल कुरा भइरहेकोले बार्सिलोनले छिटो आफ्नो अफर दिन सन्देश पठाएको रिपोर्टमा उल्लेख गरिएको छ । ओजिलले हाल बार्सिलोनाका लागि सन् २०२० सम्म मात्र सम्झौता गर्न तयार भएको बताइएको छ ।

यता बार्सिलोना आउने प्रयासमा रहेका ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होको भने सम्भावना कम हुदै गएको छ । बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसी लगायत शिर्ष खेलाडीहरु इनेष्टा, पिके कोन्टिन्हो प्रति सकरात्मक नभएका कारण बार्सिलोनाको व्यवस्थापनलाई निर्णय गर्न गाह्रो भएको बताइएको छ ।

कोन्टिन्होलाई दिने पारिश्रमिकका विषयमा मेसीले प्रश्न उठाएपछि व्यवस्थापन पछि हटेको रिपोर्टमा उल्लेख गरिएको छ ।  यसअघि कोन्टिन्होलाई बार्सिलोनाले मेसी पछिको पारिश्रमिक दिने गरी भित्राउन खोजेपनि सो प्रयास असफल भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै