• २०८१ बैशाख ७ शुक्रबार

ज्वरोको बिरामीको दुई हप्ता अस्पताल बसाइ, खर्च पुग्यो २५ हजार अमेरिकी डलर !

kharibot

फोर्टिस मेमोरियल हस्पिटल । तस्बिर : GETTY IMAGE

दक्षिण एसिया । भारतमा एउटा अस्पतालले सात वर्षको बालकको उपचार खर्च २५ हजार अमेरिकी डलर निकालिदिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । सुन्दै चकित पार्ने महंगो बिलकै कारण अहिले स्वास्थ्यमन्त्रीलाई अनुसन्धानका लागि दबाब सिर्जना समेत भएको छ ।

अस्पतालमा उपचाररत ती सात वर्षका बालकको भने डेंगुका कारण दिल्लीनजिकै मृत्यु भइसकेको छ । परिवारका अनुसार ६०० वटा सिरिन्ज (सुई) र १६०० जोडी पञ्जा दुई हप्ताको अवधिमा प्रयोग भएको भन्दै त्यसबापतको बिल परिवारलाई बुझाइएको थियो । यो घटनाबारे गत हप्ता परिवारनिकटस्थ एक जनाले ट्विटरमा ट्विट गरेपछि सार्वजनिक भएको थियो । घटना बाहिर आउनसाथ उक्त ट्विट १० हजार पटक रिट्विट भएको थियो । यो दिल्लीकै गुरुगाउँमा रहेको निजी अस्पताल फोर्टिस मेमोरियल हस्पिटलको घटना हो ।

अस्पतालले भने उक्त काण्डको बचाउ गरेको छ । ट्विटरमा अस्पतालले काटेको २० पृष्ठ लामो बिल नै सार्वजनिक गरिएको थियो भने मनपरी शुल्क लिइएको भन्दै अस्पतालप्रति आक्रोश व्यक्त गरिएको थियो । उता स्वास्थ्यमन्त्री जेपी नड्डाले भने आवश्यक अनुसन्धान गर्ने ट्विटरमा बताएका छन् । यसले सामाजिक सञ्जाल निकै आक्रोशित बनेको छ ।

यता अस्पतालले भने स्ट्याडर्ड प्रोटोकलको अनुशरण गर्दा यस्तो हुनपुगेको बताएको छ । आईसीयू निकै खर्चिलो हुने र सोही स्ट्यान्डर्डबाट उपचार गर्दा त्यति परिमाणको बिल उठेको अस्पतालको भनाइ छ । डेंगो लागेको बिरामी बालिका भएको बताइएको छ । उनको नाम अद्या सिंह भएको र डेंगो संक्रमण र ज्वरोका कारण अगष्ट महिनामा भर्ना गरिएकी उनको मृत्यु सेप्टेम्बरमा भएको थियो ।

मृतकका बाबु जयन्त सिंहले स्थानीय मिडियासँग कुरा गर्दै उनलाई अस्पतालमा लगिएको अर्को दिन भेन्टिलेटरमा राखिएको र आफूहरुलाई ब्रेन ड्यामेज भएको डाक्टरले बताए पनि उनको एमआरआई स्क्यान समेत नगरेको दाबी गरे । तर अस्पतालले भने बिरामीको अवस्थाबारे सबै जानकारी गराएको दाबी गरेको छ । उनलाई डिस्चार्ज गर्न परिवारले आग्रह गरे पनि अस्पतालले नमानेको र उनको अस्पतालमै मृत्यु भएको दाबी उनका अभिभावकको छ ।

मृतकको शव लैजाने एम्बुलेन्स समेत अस्पतालले व्यवस्था नगरेको मृतकका बाबुले बताए ।

  • बीबीसीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै