• २०८१ बैशाख ७ शुक्रबार

विश्वका विभिन्न स्थानबाट यस्तो देखियो गएरातिको चन्द्रग्रहण (फोटोफिचर)

kharibot

काठमाडौं । यही साउन २३ गते राति अर्थात् सोमबार राति लागेको खण्डग्रास चन्द्रग्रहणको दृश्य विश्वका विभिन्न स्थानबाट अवलोकन गरिएको छ । विशेष गरी पृथ्वीलाई बाहिरबाट परिक्रमा गर्ने क्रममा सूर्यको प्रकाशलाई पृथ्वीले छेक्दा चन्द्रमामा पृथ्वीको छाया पर्न जान्छ, जसलाई हामी चन्द्रग्रहण भन्ने गर्छाँै । सोमबार राति ११ बजेर ७ मिनेट जाँदा लागेको ग्रहण राति १२ बजेर ६ मिनेटमा मध्य र राति १ बजेर ४ मिनेटमा समाप्त भएको थियो ।

ज्यौतिष परम्परामा ग्रहणलाई विशेष रुपमा लिइन्छ । मानिसहरुले आफ्नो राशिफल हेरेर ग्रहण अवलोकन गरेपश्चात् फल पाउने ज्यौतिषीय परम्परा रहिआएको छ । खास गरी हिन्दू धर्म र सम्प्रदायका मानिसहरु ग्रहणलाई विशेष रुपमा लिन्छन् । ग्रहण लागेको अवधिमा बाल, वृद्ध र रोगीबाहेक अरुले भोजनादि कार्यहरु गर्नुहुँदैन भन्ने परम्परा रहिआएको छ । यस समयमा दान, धर्म, पुण्य, जपतप गर्नाले धर्मप्राप्ति हुने विश्वास गरिन्छ ।

विश्वका विभिन्न स्थानबाट यस्तो देखियो गएरातिको खण्डग्रास चन्द्रग्रहण

सोमबार राति टर्कीको अंकाराबाट देखिएको चन्द्रग्रहण । पृथ्वीको बाहिरी भागबाट घुम्ने क्रममा सूर्यको प्रकाशलाई पृथ्वीले छेक्दा चन्द्रमामा देखिने छायाँलाई चन्द्रग्रहण भनिन्छ । तस्बिर : एएफपी


मल्टिपल एक्सपोजर क्यामेरावारा खिचिएको सोमबार राति लागेको चन्द्रग्रहणको दृश्य । यो तस्बिर बेथलेहामको पश्चिम सहरबाट खिचिएको हो । तस्बिर : सिन्ह्वा


सोमबार रातिको खग्रास चन्द्रग्रहणको केन्याबाट देखिएको दृश्य । तस्बिर : एपी 


सोमबार पूर्णिमाको राति ग्रीसको दक्षिण एथेन्समा रहेको केप साउनियोका पाँचौँ शताब्दी (बीसी)को टेम्पल अफ पोसेइडोनमाथि उदाउँदै गरेको चन्द्रमा परेको छायाँको दृश्य । सोमबार ग्रहण हेर्नकै लागि सयौँ मानिसलाई उक्त स्थानमा जाने अनुमति दिइएको थियो । तस्बिर : एपी

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै