• २०८१ बैशाख ११ मंगलबार

अष्ट्रेलियामा सेतो गोही भेटियो !

kharibot

तस्बिर : NT CROCODILE CONSERVATION & PROTECTION SOCIETY

अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी क्षेत्रमा सेतो गोही भेटिएको छ । उत्तरी अष्ट्रेलियामा सेतो गोही फेला परेपछि त्यस क्षेत्रमा जानेको संख्या समेत एक्कासि बढ्नथालेको छ ।

पर्ल नामको गोही आइतबार डार्बिननजिकै एडिलाइडे नदीमा देखिएको थियो । करिब १० फिट (३ मि.) लामो उक्त गोहीलाई दुर्लभ मानिएको छ । किनभने यसअघि सेतो गोही भेटिएको सुनिएको थिएन । यो प्रजातिको गोही निकै थोरै रहेको विश्वास गरिएको छ । स्थानीयले भने उक्त गोहीलाई सन् २०१४ मा माछा मार्ने एक जनालाई मारेपछि नदीमा फालिएको गोही भएको हुनसक्ने बताएका छन् ।

अष्ट्रेलियामा धेरैजसो गोहीको रंग खैरो र हरियो हुने गर्छन् । यसको रंगचाहिँ सेतो हुनुमा आनुवंशिक कारण हुनसक्ने उनीहरुको भनाइ छ । चाल्र्स डार्बिन युनिभर्सिटीका एक जना अध्येताका अनुसार बच्चा कोरल्नुअघि अण्डाले केही बढी तातो पायो भने यसले कोशहरुमा गलत प्रभाव पर्ने र म्युटेसन हुने गर्दछ । सोही कारण गोहीमा परिवर्तन आउने उनको भनाइ छ । यो गोहीको हकमा पनि कलर म्युटेसन भएको हुनसक्ने उनले बताए ।  

  • बीबीसीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै