• २०८१ बैशाख १३ बिहीबार

सर्वोच्च अदालतमा बम भेटिएन, हल्ला साबित 

kharibot

काठमाडौं । रामशाहस्थित सर्वोच्च अदालतमा बम राखेको हल्ला साबित भएको छ । 

सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए । सर्वोच्च परिसर खालि गरेर बमको खोजि गरेपनि केहि नभेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीले कुकुरको सहयोगमा बमको खोजि गरे पनि बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली अदालतमा पुगेको थियो ।

अहिले प्रहरीको बम डिस्पोजेवल पनि फर्किएको छ । सर्वोच्चले बमको हल्ला चलेपछि आजका बहस र पेशी सबै स्थगित गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै