• २०८१ बैशाख ८ शनिबार

बाढीले पोल बगाउँदा दुई जिल्लामा विद्युत् अवरुद्ध

kharibot

फाइल तस्विर

खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुंगामा विस्तारित विद्युत् अवरुद्ध भएको छ । 

आइतबार परेको अविरल वर्षाका कारण उदयपुरको त्रियुगा खोलामा आएको बाढीले जलजले–बुइपा स्टेशनसम्मको ३३ केभी प्रशारणलाइनको तीन वटा पोल बगाएपछि दुई जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 

विद्युत् अवरुद्ध हुँदा खोटाङ र ओखलढुंगाका हजारौँ सेवाग्राही मारमा परेका छन् । विद्युत् अभावमा दुवै जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष राजेन्द्र लगायलुले बताए । 

आइतबार रातिदेखि अवरुद्ध विद्युत् सुचारु गराउनका लागि प्राविधिकले मर्मतका काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । यी दुई जिल्लामा यसअघि पनि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो । लामो दूरी र जंगलको बाटो भएर विद्युत् लाइन विस्तार गरिएकाले अवरुद्ध विद्युत् समयमै सुचारु गर्न नसकिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै