बाढीले पोल बगाउँदा दुई जिल्लामा विद्युत् अवरुद्ध

खरीबोट

फाइल तस्विर

खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुंगामा विस्तारित विद्युत् अवरुद्ध भएको छ । 

आइतबार परेको अविरल वर्षाका कारण उदयपुरको त्रियुगा खोलामा आएको बाढीले जलजले–बुइपा स्टेशनसम्मको ३३ केभी प्रशारणलाइनको तीन वटा पोल बगाएपछि दुई जिल्लामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 

विद्युत् अवरुद्ध हुँदा खोटाङ र ओखलढुंगाका हजारौँ सेवाग्राही मारमा परेका छन् । विद्युत् अभावमा दुवै जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष राजेन्द्र लगायलुले बताए । 

आइतबार रातिदेखि अवरुद्ध विद्युत् सुचारु गराउनका लागि प्राविधिकले मर्मतका काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । यी दुई जिल्लामा यसअघि पनि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो । लामो दूरी र जंगलको बाटो भएर विद्युत् लाइन विस्तार गरिएकाले अवरुद्ध विद्युत् समयमै सुचारु गर्न नसकिएको जनाइएको छ ।

सम्बन्धित समाचार

चमेलिया प्रसारणलाइनमा ७ गतेदेखि विद्युत् ‘चार्ज’ गरिँदै, ४ सय १२ टावर छुन निषेध 

निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाले यही मंसिर ७ गते आफ्नो उत्पादन प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ । आयोजनाको काम अन्तीम चरणमा पुगेकोले आगामी विहिबारदेखि प्रसारण लाइनबाट विद्युत् प्रवाह (चार्ज) तयारी

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।  आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई

चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

काठमाडौंँ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् ।  माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  आज सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र