राज्यमन्त्री एवं कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काको निवासमा विष्फोट 

खरीबोट
ad

बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा सोमबार राती बम बिष्फोट भएको छ । 

बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो ।

बम विष्फोटनबाट कुनै मानवीय क्षती भएको छैन । घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षती पुगेको छ ।

निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी भने हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
 

सम्बन्धित समाचार

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक ।  झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।  विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको

भारतीय राजदुताबासमा बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर  ।  विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ ।  मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार

सिरहामा भएको बम विष्फोटमा आठजना घाइते  ः अपडेट

लहान । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स सुनचाँदी पसल लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।  अपराह्न १ बजेतिर

लहानको एक सुन पसलमा बम विष्फोट हुदँ ६ जना घाइते

काठमाडौं । सिरहाको लहान नगरपालिकामा बम विष्फोट भएको छ । बिष्फोटमा परी ६ जना घाइते भएको सिरहा प्रहरीले जानकारी दिएको छ । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा