• २०८१ बैशाख १४ शुक्रबार

ट्रम्पले न्युजील्याण्डकी प्रधानमन्त्रीलाई क्यानडाकी प्रधानमन्त्रीकी श्रीमती ठानेपछि...

kharibot

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युजील्याण्डकी प्रधानमन्त्री जेसीन्डा आर्डन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने कार्य अहिले विश्वभर समाचार बन्ने गर्दछन । कहिले उत्तर कोरियासँगको विवाद त कहिले आफ्नै देश भित्र उनको आलोचनाको समाचार हरेक दिन आइरहेकै हुन्छन् । यसै बीच ट्रम्पसँग घटेको रोचक तथ्य बाहिर आएको छ ।

हालै भिएतनाममा भएको एशिया प्यासिफिक इकोनोमिक कोअपरेशनको सम्मेलनमा भाग लिन ट्रम्प पनि पुगेका थिए । एशियाको १२ दिने भ्रमणका बीच ट्रम्प चीनबाट भियतनाम पुगेका थिए । सो सम्मेलनमा ट्रम्पले न्युजील्याण्डकी प्रधानमन्त्री जेसीन्डा आर्डनलाई क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी भन्ने ठानेको समाचार अहिले न्युजील्याण्डमा चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्री जेसीन्डाकी साथीले एक स्थानीय रेडियोमा कुरा गर्दै ट्रम्पले जेसीण्डालाई लामो समयसम्म जस्टिनकी पत्नी ठानेको उल्लेख गरेका छन् । न्युजील्याण्डमा अमेरिकी राष्ट्रपतिलाई जेसीण्डा को हुन् भन्ने ट्रम्पलाई थाहा नभएको विषय अहिले सर्वत्र चर्चामा रहेको छ ।

तर प्रधानमन्त्री जेसीण्डाले भने  सो कुराको खण्डन गर्दै अन्यलाई यस्तो लागेको भएपनि मैले ट्रम्पसँग भेट गर्दा उनलाई त्यस्तो नलागेको बताइन् । उनले आफुले यस्तो कुरा कसैसँग पनि गर्न नहुने थियो भन्दै अन्यले यस्तो महसुस गरेको बताइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै