• २०८१ बैशाख १४ शुक्रबार

लाङटाङमा उम्मेदवार नै पुगेनन्

kharibot

रसुवा  हिमाली गाउँ लाङटाङमा कुनै पनि उम्मेदवारले अहिलेसम्म मत माग्न पुगेका छैनन् । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न कुनै पनि दलका उम्मेदवार यहाँ पुग्न नसकेको स्थानीय मतदाता पेम्बा लामाले बताए । 

दुई दिनको उकालो हिड्न परेपछि मत माग्न यहाँ नआएको भएपनि टेलिफोनमार्फत उनीहरुको अगुवा कार्यकर्तासँग कुराकानी भइरहेको उनले बताए । समुद्री सतहदेखि तीन हजार ६०० उचाइमा बसोबास गर्ने यहाँका २९२ मतदाताले दलगत रुपमा सबैलाई सम्मानजनक मतदान गर्ने बताइएको छ ।

हिमाली जिल्लामा बस्ने जनताको दुःख, सुख बुझ्नका लागि उम्मेदवारलाई लाङटाङ आउन त्यहाँका मतदाताले आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै