• २०८१ बैशाख १२ बुधबार

पैसाको बलमा लोकतन्त्र समाप्त पार्ने खेल हुँदैछ – नेता पौडेल

kharibot

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले वाम गठबन्धनबाट पैसाको बलमा लोकतन्त्र समाप्त गर्ने प्रयास भइरहेको बताए । 

व्यास नगरपालिका–१ को गल्वुवेसीस्थित चुनावी कोणसभालाई आज सम्बोधन गर्दै नेता पौडेलले वाम गठबन्धनले मुुलुकलाई निकास दिन नसक्ने दाबी गरे । 
सोही कार्यक्रममा नेकाँ तनहुँका पूर्वसभापति तथा क्षेत्र नं १ का प्रदेश ख का उम्मेदवार रघुनाथ पौडेलले व्यास नगरको विकास काँग्रेसको नेतृत्वमा शुरु भएको र यसलाई समृद्ध गर्ने अभियानमा काँग्रेसले नै लागिपर्ने बताए । 

आजै नेता पौडेलले भानुको सालविश्ने, ठुलो चौर, खहरे र तुरतुरेको कोणसभालाई सम्बोधन गर्दै बृहत् भानु शहरको अवधारणालाई भानुको जन्मस्थलसम्म पु¥याएर चुँदी रम्घालाई साहित्यक तीर्थस्थलको रुपमा विकास गरिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै