• २०८१ बैशाख ८ शनिबार

नेपाल आइडलको साथमा ओपोद्वारा एफफाइभको फर्स्ट सेल आरम्भ

kharibot

काठमाडौँ । ओपोले नेपाल आइडलहरुको साथमा निकै प्रतिक्षारत सेल्फी एक्स्पर्ट एण्ड लिडर, एफफाइभको विक्रि आरम्भ गरेको छ । 

ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडलका साथै अत्याधुनिक एआई ब्यूटी  प्रविधि उपलब्ध गराएको छ ।  विक्रि आरम्भको शुरुवात ओपोले पहिलो नेपाल आइडल्स बुद्ध लामा, फाइनालिष्ट निशान भट्टराई र प्रताप दासको साथमा गरेको हो । 

सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने दावी गरिएको एफफाइभ मूल्य नेपाली बजारमा ३३ हजार ९ सय ९० रहेको छ । बर्षौँको अनुसन्धान र विकासबाट नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओपो एफफाइभ नै पहिलो स्मार्टफोन हो । 

यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ आरएण्डडीको प्रक्रिया दौरान ब्यवसायिक फोटोग्राफर्स तथा मेक–अप आर्टिस्टहरु संग परामर्श लिइ यसको विकास गरिएको हो । 

‘फस्ट सेलका दौरान उपभोक्ताबाट प्राप्त प्रतिक्रियाबाट हामी निकै उत्साहित छौँ । तपाईँहरुको निरन्तर माया, साथ र सहयोगका लागि हामी सदैव आभारी छौँ’, ओपो नेपालका सीईओ बबी झाओले भने , ‘भविष्यमा थप आकर्षक तथा उत्कृष्ट उत्पादन उपलब्ध गराउन यसले हामीले प्रोत्साहित गरेको छ ।’

ओपो एफफाइभमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १÷२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ । फ्रण्ट क्यामेरा पोट्र्रेट मोडले तस्विरको पृष्ठभुमीमा बोके ईफेक्टको प्रयोग गरी हरेक सेल्फीमा प्रमुख विषयलाई केन्द्रमा राख्दै उत्कृष्ट तथा आकर्षक तस्विर खिच्न सघाउँछ । 

त्यसैगरी फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । यसमा रहेको एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।

ओपो एफफाइभ गोल्ड एडिशनको सफल सार्वजनिक पछि ओपो फ्यान्स तथा यूवाहरुलाई आफ्नो चाहना तथा आवश्यकता अनुसार थप छनोटको अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले आउँदा महिनामा एफफाइभ ६जीबी एडिशन र एफफाइभ योथ एडिशनपनि क्रमिक रुपमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै