• २०८१ बैशाख १२ बुधबार

सगरमाथा चढेको झूटो दाबी गर्ने भारतीय दम्पती महाराष्ट्र प्रहरीको कारबाहीमा

kharibot

सगरमाथा चढ्ने सबैभन्दा पहिलो भारतीय दम्पती भएको दाबी गर्ने भारतीय जोडी। तस्बिर : बीबीसी

भारत । सगरमाथा चढ्ने सबैभन्दा पहिलो भारतीय दम्पती भएको दाबी गर्ने एक भारतीय जोडीलाई भारतको प्रहरीले निलम्बन गरेको छ । दिनेश र ताराकेशरी राठौरले गत वर्ष आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा सफलताका साथ चढेको दाबी गरेका थिए । तर सोमबार महाराष्ट्रको प्रहरीले भने २३ मेमा उनीहरुले सगरमाथा चढेको तस्बिरलाई झूटो रहेको निश्चित गर्दै जागिरबाट हटाएको हो ।

उक्त दम्पतीले सगरमाथा चढेको दाबीसहित तस्बिर सार्वजनिक गरेपछि विवादमा तानिएका थिए । उनीहरुको दाबीमाथि अन्य आरोहीहरुले समेत प्रश्न गरेपछि उनीहरुले तस्बिर सम्पादन गरी सगरमाथा चढेजस्तो बनाएको खुलेको थियो । एडिसनल कमिसनर साहेब्राओ पाटिलले पीटीआई न्युज एजेन्सीसँग कुरा गर्दै उनीहरुले गलत सूचना प्रवाह गर्दै महाराष्ट्र प्रहरीको बदनाम गरेको बताएको बीबीसीले जनाएको छ । यद्यपि उनीहरुमाथि कस्तो कारबाही हुने भन्ने खुलाइएको छैन ।

उनीहरुमाथि नेपालले यसअघि नै १० वर्षसम्म कुनै पनि हिमाल आरोहणमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । नेपाल पर्यटन बोर्डले सर्वप्रथम उनीहरुले सगरमाथा चढेको प्रमाणीकरण गरे पनि अनुसन्धानपछि प्रमाणीकरण फिर्ता लिएको थियो । उनीहरुले भने उक्त तस्बिर साँचो रहेको मिडियालाई बताउँदै आएका थिए । पर्वतारोहण नेपालको प्रमुख पर्यटन स्रोत हो । २५० विदेशीसहित ४५० भन्दा धेरै मानिसले गत वर्ष सगरमाथा चढेका थिए । यसअघि २०१५ को भूकम्पपश्चात् पर्वतारोहण केही समयसम्म प्रतिबन्ध लगाइएको थियो ।


बीबीसी न्युजबाट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै