• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोनाको नजर कोन्टिन्हो छोडेर ओजिलमा !

kharibot

काठमाडौँ । बार्सिलोनाले आगामी जनवरीमा ब्राजिलका फिलिप कोन्टिन्होको ठाउमा हाल आर्सनलबाट खेलिरहेका जर्मनीका प्ले मेकर मेसट ओजिललाई ल्याउन पहल गर्ने भएको छ ।
यसअघि रियल म्याड्रिडबाट आर्सनल आएका ओजिलले जनवरीमा आर्सनल छोड्न सक्ने बताइएको छ ।

आगामी सिजनबाट आर्सनलमा ओजिलको सम्झौता सकिन लागेकोले उनले अन्य टिममा कुरा गर्न सुरु गरेको रिपोर्ट बाहिरिएसँगै बार्सिलोनामा ओजिललाई भित्राउने तयारी सुरु भएको छ । यद्यपी बार्सिलोनाको बोर्डमा ओजिल र कोन्टिन्होको विषयमा फरक फरक मत रहेको बुझिएको छ ।

गएको शनिबार टोटनह्यामविरुद्ध ओजिलले गरेको प्रदर्शनको काटालानको मिडियामा निकै राम्रो कभरेज गरिएको थियो । काटालानका मिडियाहरुले ओजिलले यसै सिजन बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने उल्लेख गरेका छन् ।

सन् २०१० मा रियल म्याड्रिड जानु अघि ओजिल बार्सिलोना आउने तयारीमा थिए तर त्यति बेला सो प्रयास सफल हुन सकेन । अहिले म्यानचेस्टर युनाइटेडका कोच जोसे मोरिन्होले पनि ओजिल ल्याउन पहल गरिरहेको रिपोर्ट बाहिर आएको छ । तर बार्सिलोना भने कोन्टिन्होलाई भित्राउन संघर्ष गरिरहेको अवस्थामा यसै जनवरीमा नै ओजिललाई भित्राउने तयारी सुरु गरेको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । 

ओजिल बार्सिलोना आउने बाधकको रुपमा बार्सिलोना कै निर्देशक देखिने सम्भावना पनि बढेको छ । बार्सिलोनामा १५ बर्ष फुटबल निर्देशकको रुपमा काम गरेका राउल संल्लेहीले आगामी डिसेम्बरमा बार्सिलोना छोडेर आर्सनल जान लागेको बताइएको छ । यदि उनी आर्सनल गए भने उनले ओजिल बार्सिलोना आउने सम्भावना कम हुने बताइएको छ किनकी कोन्टिन्होलाई बार्सिलोना ल्याउनु पर्छ भन्ने बार्सिलोनाका प्रमुख योजनाकार राउल नै रहेको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै