• २०८१ बैशाख १२ बुधबार

बाबुरामले जिते संसदमा कांग्रेस बलियो हुन्छ – गगन थापा 

kharibot

गोरखा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गोरखा पुगेर नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई जिताउन आग्रह गरेका छन् । 

नेता थापाले कांग्रेसले एमालेलाई सरकारमा बाधेर राखेर सम्हालेको बताउदै संबिधानलाई सम्हालेको बताएका थिए । एमालेले माओवादीलाई छोडेर जाउँ भन्दा पनि कांग्रेसले माओवादीलाई नछोडेको बताउदै संबिधानलाई बचाउन पनि कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।

नेता थापाले गोरखा-२ बाट बाबुराम भट्टराईले जित्दा संसदमा कांग्रेस बलियो हुने बताउदै उनलाई जिताउन आग्रह गरे । कांग्रेस कार्यकर्तालाई विगतको दुःख पीडा बिर्सिएर गोरखाका कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् । सबै दुःख पीडालाई बिर्सेर पार्टिको आव्हानलाई मानेर आगाडी बढ्न आग्रह गरे । 

बाबुरामसहित कमल थापा, पशुपति शमशेर राणासँग आफ्नो राजनीतिक असहमति रहेको तर, उनिहरुले जित्दा संबिधानको कार्यान्वयनका लागि सजिलो हुने बताए । 

माओवादी भित्र दुई थरि नेताहरु भएको बताउदै नेता थापाले कांग्रेससँग मिलेर जानुपर्छ र मिल्नु हुन्न भन्ने नेताहरु रहेकोमा कांग्रेससँग मिलेर जानुहुन्न भन्ने नेताहरुलाई चिन्न आग्रह गरे ।
बाबुराम भट्टराईको प्रशंसा गर्दै देशको विकास र भविष्यको चिन्ता भएको नेता भएको बताउदै यहि चिन्ताले नै माओवादी केन्द्र छोडेर नयाँ बाटोमा आएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै