• २०८१ बैशाख ६ बिहीबार

आफूले चुनाव जिते तीन महिनामै तातोपानी नाका खुलाउने सापकोटाको दाबी

kharibot

सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नम्बर १ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार अग्निप्रसाद सापकोटाले आफू विजयी भए तीन महिनाभित्रै तातोपानी नाका खुलाउने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले सिन्धुपाल्चोकमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै पूर्वमन्त्री सापकोटाले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘म सांसद चुनिएको तीन महिनाभित्र तातोपानी नाका खोलिदिन्छु, यो लेखेर राख्नुहोस्, म जित्दै छु ।’ अबको निर्वाचनमा वामपन्थीहरुको दुई तिहाइ मत ल्याउने समेत उनको दाबी थियो । उनले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धनले दुई तिहाइ ल्याउने र सरकार बनाउने स्पष्ट पारे ।

माओवादी केन्द्रका नेता समेत रहेका सापकोटाले चिनियाँ राष्ट्रपति सि चिनपिङको ओबीआर अवधारणा नेपालको सिन्धपाल्चोकबाट सुरु हुने जिकिर गरे । उनले थपे, ‘म मोहन बस्नेतलाई दोब्बर मत ल्याएर जित्छु ।’

उनले सिन्धुपाल्चोकको विकासको लागि आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै स्वास्थ्य, पूर्वाधार, खानेपानी, पर्यटन, जडिबुटी, शिक्षा र हाईड्रोपावरको विकास गर्ने अठोट सार्वजनिक गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै