• २०८१ बैशाख ८ शनिबार

सिड्नीमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न, अनेसासद्वारा नयाँघरे र श्रेष्ठ सम्मानित

kharibot

सिड्नी । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरेको छ । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेको छ । 

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधान लगायतले नेपाली साहित्य र सिड्नीको सिजज्र्ञनात्मक वातावरण बारे आआफ्नो धारणा राखेका थिए ।

मन्तव्यको क्रममा अष्ट्रेलियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गरेका थिए । 

सो समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । 

सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गरेका थिए ।  नयाँघरेले भने– ‘अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै