• २०८१ बैशाख ८ शनिबार

दोस्रो दिन पनि सेयरबजार ओरालो लाग्यो

kharibot

काठमाडौं । नेप्सेमा चुुनावी प्रभाव देखिन थालेको छ । चुुनावको मिति नजिकिँदै गर्दा नेप्से सूचक र कारोबार रकम दुुबै नै त्यति नै घट्दै गएका छन् । सोही अनुुरुप साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से सूचक तथा कारोबार रकम दुबै नै उच्च अंकले घटेका छन् ।

नेप्से छ दशमलव ५६ अंकले घटेर १४ सय ६९ दशमलव १६ विन्दुुमा झरेको छ भने सेन्सिटिभ एक दशमलव ५२ अंकले घटेर तीन सय नौ दशमलव आठ विन्दुुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीहरुको चार हजार छ सय ३० वटा कारोबारमा ११ लाख ४६ हजार छ सय नौ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३९ करोड ३८ लाख १७ हजार दुुई सय ६१ रुपैयाँमा सिमित भएको छ ।

नेप्समा आज सबैगरी कुुल नौ वटा समूहको कारोबार भएकोमा अन्य समूहको सुुचकमा दुुई दशमलव ८९ अंकले सुधार देखिएता पनि बाँकी समूहको सूचक उच्च विन्दुुले घटेको छ । उच्च अंकले घटेको बीमा समूहको सूचक २९ दशमलव २५ अंकले घटेर सात हजार आठ सय ८४ दशमलव ११ विन्दुमा झरेकोमा छ करोड ७६ लाख ९८ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि सात अंकले घटेर १२ सय ५६ दशमलव ३६ विन्दुुमा झरेकोमा १८ करोड ६७ लाख ६५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समूहको सूचक पाँच दशमलव २७ अंकले घटेर १७ सय २७ दशमलव पाँच  विन्दुुमा झरेकोमा दुुई करोड ७४ लाख ९५ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने जलविद्युुत समूहको सूचक १३ दशमलव ७७ अंकले घटेर १८ सय ४८ दशमलव ९५ विन्दुुमा झरेकोमा एक करोड ९५ लाख १४ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक ट्रेडिङ, होटल, फाईनान्स र लघुबित्त समूहको सूचकमा पनि आज गिरावट देखिएको छ ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर पाँच सय आठ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  नेपाल हाईड्रो डेभलपर प्रालिको सेयर मूल्य आठ रुपैयाँ ९९ पैसाले घटेर दुुई सय ५३ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैंकको ११ सय ४५ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ६७ लाख ८५ हजार आठ सय ४० रुपैयाँको कारोबार भएको छ । यसैगरी सिभिल बैंकको पनि दुुई सय २७ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ५३ लाख ५२ हजार नौ सय चार रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै