• २०८१ बैशाख ७ शुक्रबार

किन्ने होइन त ५० करोडको वैदेशिक रोजगार बचतपत्र ?

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजागारीमा गएको नेपाली नागरिकलाई लक्षित गरी बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आइतबार अर्थात् मंसिर १० गतेबाट ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र २०७९ ‘क’ बिक्री गर्नलागेको हो । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको परिपक्व हुुने अवधि पाँच वर्ष रहेको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक १० प्रतिशतको दरमा छ/छ महिनामा ब्याजदर भुक्तानी उक्त बचतपत्र खरिदको लागि यही मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । निष्काशन मिति २०७४ पुस ५ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०७९ पुस ५ गते तोकिएको छ ।

उक्त बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताहरुले घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदको लागि  सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड, एनएमबि बैंक,  नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर आईएमई लिमिटेड र सेवा रेमिटमा सम्र्पक गर्नुुपर्नेछ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै