• २०८१ बैशाख ८ शनिबार

तत्काल पदबाट राजीनामा दिन जिम्बाबेका राष्ट्रपतिलाई आफ्नै पार्टीको दबाब

kharibot

अफ्रिका । जिम्बाबेका नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेलाई आफ्नै पार्टीले राजीनामाका लागि दबाब दिए पनि उनले भने अस्वीकार गरेका छन् । पार्टीले मुगाबेले राजीनामा नगरे उनीमाथि लगाइने महाभियोग प्रस्तावलाई समर्थन गर्ने सोमबार बताइएको छ ।

मंगलबारबाटै संसदमा यसबारे प्रक्रिया अगाडि बढ्ने पनि बताइएको छ । गत बुधबार त्यहाँको सेनाले उनलाई नजरबन्दमा राखेपछि मुगाबेको तीन दशक लामो सत्ता धर्मराएको थियो ।

दुई साताअघि ९३ वर्षीय राष्ट्रपति मुगाबेले आफ्ना उपराष्ट्रपति एमर्सन म्नांगावालाई बर्खास्त गरेपछि उनको सेनापतिसँग समेत सम्बन्ध चिसिएको थियो ।

आफ्नो श्रीमतीलाई राष्ट्रपति बनाउन लागेको सुइँको पाएसँगै सेना सक्रिय भएको हो । यसले त्यहाँको राजनीति दुई सातायता तरल छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै