• २०८१ बैशाख ६ बिहीबार

मापसे गरेर घोडा चलाउँदा प्रहरीको फन्दामा परिन् यी महिला !

kharibot

उत्तर अमेरिका । अमेरिकी राज्य फ्लोरिडाको टाम्पा खाडीमा प्रहरीले मेनरोडमा मादक पदार्थ सेवन गरी घोडाचढी गरेकी एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले सर्वसाधारणको उजुरीपछि मापसे गरी घोडामा सवार ५३ वर्षकी डोन्ना बर्नेलाई पक्राउ गरेको हो ।

व्यस्त सडकमा मापसे गरी घोडामा हिँडिरहेकी उनी पक्राउ परेको बताइएको छ । प्रहरीले घोडासहित उनलाई पक्राउ गरेको थियो । महिलालाई जेल लगिँदा घोडालाई पनि जेलकै एनिमल कन्ट्रोल लाइभस्टक फेसिलिटीमा लगिएको छ । उनलाई मापसे तथा जनावरमाथि बेवास्ता गरेको अभियोगमा मुद्दा चलाइएको हो । उक्त अवस्थामा महिला व्यस्त सडकमा हुन नहुने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

व्यस्त सडक भएकाले उनी दुर्घटनामा पर्न सक्ने आशंकामा सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त केसलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै