• २०८१ बैशाख ६ बिहीबार

तरकारीको मुल्य विस्तारै घट्दै 

kharibot

काठमाडौँ । तरकारीको मुल्य विस्तारै घट्दै गएको देखिएको छ । बिगत २ महिना अघिदेखि लगातार आकासिएको तरकारीको मुल्य हाल आएर घट्दै गएको छ । 

तरकारीको मुल्य बढेसँगै आम उपभोक्ताको भान्सा महङ्गो भएको थियो । तकारीको मुल्य घटेसँगै उपभोक्ता खुसी भएका छन् । कपन बस्ने रेणुका पराजुली भन्छिन् “ तरकारीको मुल्य घटेकोमा धेरै खुसी लागेको छ , मुल्य अझै घट्नु पर्छ । ”

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका बजार अधिकृत मोहन धिताल भन्छन् “तरकारीको आर्पुती बढेकाले मुल्य घटेको हो, तरकारीको मुल्य घटे संगैँ आम उपभोक्ताको भान्साको मुल्य पनी घटेको छ उनले भने । ”     

कालीमाटी तरकारी बजारमा हिजो गोलभेँडाको मुल्य ९० देखी एक सय रुपैँया रहेको थियो भने आज ७५ देखी ८० रुपैँया सम्म किन्न सकिन्छ , बन्दाको मुल्य हिजो ८० देखी ९० थियो भने हाल ५५ रुपैँयामा किन्न सकिन्छ । करेला १०० थियो भने हाल अधिकतम मुल्य ६० रुपैँयामा झरेको छ । च्याउ २०० बाट १७० मा झरेको छ । तेस्तै फर्सी  ४० रुपैँयामा झरेको छ । 

तरकारीको मुल्य बढ्नुको प्रमुख कारण तरकारीको आपूर्ति नै कम हुनु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ । तरकारी आपुर्ती बढ्दै गएपछि मुल्य पनी कम भएको छ । 

नेपालमा तरकारी तथा फलफूलहरु एकदमै कम मात्रामा उत्पादन हुने भएकोले तरकारी छिमेकी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । नेपाली बजारमा भारतबाट दैनिक ७ सय मेट्रिक टन तरकारी आइरहेकोमा हाल करिब ४५० मेट्रिक टन औसतमा आउदा तरकारीको मुल्य बढेको थियो । 

काठमाडौँ उपत्यकामा दैनिक करिब एक हजारदेखि १२ सय मेट्रिक टनजति माग रहेको अनुमान गरिएको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै