• २०८१ बैशाख ७ शुक्रबार

माओवादी केन्द्रले मंगलबार सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको सम्झनामा सिर ५ गते मंगलबार सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने भएको छ ।

सोमबार बिहान बसेको माओवादी केन्द्रको विस्तारित केन्द्रीय समिति बैठकले चुनावी अभियानकै क्रममा १६५ निर्वाचन क्षेत्रमै शोक सभा गर्ने निर्णय गरेको हो ।

यता प्रकाशकाप पिता प्रचण्डले सोमबार बिहान शुभेच्छुकहरुसँग कुराकानी गर्दै धैर्य गर्नुपर्छ भन्ने बुझेर नै आफू सम्हालिएको र आफू अझै पनि सामान्य हुन नसकेको बताए । श्रद्धान्जली र दाहसंस्कारमा सहभागीहरुलाई उनले परिवार र पार्टीको तर्फबाट धन्यवाद पनि दिदै आफूले धेरै कुरा देखे भोगेको भएर केही सजिलो भए पनि परिवारलाई सम्हाल्न गाह्रो भएको प्रचण्डले बताएका छन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रमा डडेल्धुरामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान एयरपोर्टबाट सिधै दाहाल निवास लाजिमपाट पुगेर समवेदना प्रकट गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै