• २०८१ बैशाख ८ शनिबार

कुकुर पाल्ने मानिसलाई 'हार्ट अट्याक'को कम खतरा !

kharibot

फाइल तस्बिर

युरोप । स्विडेनमा गरिएको एउटा अध्ययनले घरमा कुकुर पाल्ने मानिसलाई हृदयरोग र दोस्रो कारणबाट मर्ने खतरा कम हुने निष्कर्ष निकालेको छ। यो अध्ययन ३४ लाख पञ्जीकृत मानिसमा गरिएको थियो । यसमा ४० देखि ८० वर्षका कुकुर नपाल्ने मानिसको तुलना पञ्जीकृत गराउँदा स्वतः घरमा कुकुर पालेको छु भन्ने मानिससँग गरिएको थियो ।

सोही क्रममा कुकुर पाल्नेहरुलाई हृदयरोगको खतरा कम भएको पाइएको हो । यसमा पनि विशेष गरी शिकारी कुकुर पाल्नेलाई हृदयरोगको खतरा कम हुने पत्ता लागेको थियो । यस्तो किनभने सामान्यतया कुकुर पाल्ने मानिसको शारीरिक गतिविधि बढ्छ । शोधकर्ताहरुका अनुसार कुकुर पाल्नेहरु बढी सक्रिय हुन्छन् । यस्ता मानिसको सामाजिक सम्बन्ध पनि बढ्छ र मानिसहरु खुसी रहन्छन् । कुकुरकै कारण मालिकको माइक्रोबायोममा पनि बदलाव आउँछ । जसले हृदयरोगको खतरा कम गर्न मद्दत गर्छ । पेटमा रहने सूक्ष्म जीवहरुको सामूहिक रुपलाई माइक्रोबायोम भनिन्छ ।

यस्तो पनि विश्वास गरिन्छ कि कुकुरले घरवरपर फैलिएको दुर्गन्धलाई फेरबदल गर्न सक्छ जसले गर्दा यसको असर मालिकको माइक्रोबायोममा पर्छ । कुकुर पाल्नेहरु केही दोस्रो प्रकारका ब्याक्टेरियाको सम्पर्कमा पनि आउँछन् जसले उनीहरुको माइक्रोबायोममा प्रभाव पार्न सक्छ ।

शोधकर्ताहरुका अनुसार यो असर जो एक्लोपना महसुस गर्ने मानिस हुन्छ, उनीहरुमा देखिन्छ । अध्ययनकर्ता उपसला विश्वविद्यालयका म्वेनिया मुबांगाका अनुसार कुकुर पाल्ने जो एक्ला मानिसहरु हुन्छन् उनीहरुको मर्ने खतरा कुकुर नपाल्ने मानिसभन्दा ३३ प्रतिशतसम्म र हृदयरोगको खतरा ११ प्रतिशतसम्म कम हुन्छ । साइन्टिफिक रिपोट्र्स नामको वेबसाइटमा छापिएको यो अध्ययन टोलीले सन् २००१ देखि २०१२ सम्म डाटा संकलन गरेको थियो । स्विडेनमा अस्पतालमा आउने हरेकसँग डाटा संकलन गरिएको थियो । कुकुर राख्नेहरुको लागि  सन् २००१ मा अनिवार्य गरिएको थियो ।

खास गरी टेरियर, रिट्रिवर र सेन्ट हाउन्ड्स जस्ता शिकारी जातका कुकुर पाल्नेलाई हृदयरोगको सम्भावना कम हुने उनीहरुको भनाइ छ । ब्रिटिश हार्ट फाउण्डेसनका डाक्टर माइक न्याप्टनका अनुसार कुकुर पाल्दा हृदयरोग कम हुन्छ । तर यो शोध पहिले यस्तो तथ्यनजिक पुगेको थिएन । उनका अनुसार स्वस्थ हृदयका लागि कुकुर पाल्नु लाभदायक हुन्छ ।

  • बीबीसी हिन्दीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै