• २०८१ बैशाख ७ शुक्रबार

जब त्यो खबर पढियो, प्रकाशको मृत्यु !

kharibot

काठमाडौँ । राती १२ बजेसम्म फेसबुक चलाइयो । साथीको कोठामा बसेकाले सामान्य गफगाफ गर्दै गर्दा १२ बजीसकेछ । तर, ढिलोसम्म अनलाइन बस्दा आखाँ दुख्ने भएकाले पनि सुत्नुपर्यो भन्ने भयो । तर, सुत्नभने १ नै बजिसकेको साथीले जानकारी दियो । पछि सबैसँगै सूत्यौ। बिहान झ्याप्प निन्द्रा खुल्दा ६ बजिसकेको थियो। आखाँ खुल्योकि मोबाइल छामछुम पार्ने बानी परेको मान्छे ।

तर, हिजो मोबाइल पनि चार्जमा राखेर  सुतेकाले हत्तपत्त मोबाइल हात पर्न सकेन। राम्रोसँग निन्द्राले पनि नछाडेकाले एक छिन सुतेकै नाटक गर्नु पर्यो कारण थियो, ओछ्यान बाहिरको जाडो । ओछ्यानबाट टाउको बाहिर निकाल्न पनि निकै कष्ट गर्नु पर्यो । आफ्नो रुममा भए बिहान भाइले मोबाइल जहाँ भएपनि समय यति भयो उठ्नुपर्यो भन्दै बिउझाउन्थ्यो। तर, त्यहाँ त्यस्तो माहोल थिएन साथिहरु सुतेकै थिए ।

झण्डै १०, १५ मिनेट पछि फेसबुककै लोभमा ब्युझिए । पर टेबुलमा भएको मोबाइल समाते । ‘बिग्रेको बानी भत्केको घर झै’ फेसबुक खोले। फेसबुकमा हिजो राखेको फोटोको कमेन्टहरु हेरे। पछि यसो न्यूजहरु हेर्दै थिए । एक्कै चोटी तलको माथि स्क्रिन सुइप गर्दा एक तस्विर सहितको समाचार शिर्षक देखीयो जसमा लेखिएको थियो,‘पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको निधन’ एक्कासी छागाँबाट खसेजस्तो महसुस भयो । तर, भित्र खोले पढे ‘हृदयघात बन्यो कारण लेखिएको थियो।’ तर, विश्वास लागेन केहि दीन अघिसम्म आफैले चुनावी सभामा बुबा प्रचण्डसँगै उनका कमाण्डरका रुपमा देखिरहेका व्यक्ति कसरी यो हुन सक्छ। धेरै सोच्नै नलागि आफै त्यो समाचारलाई गलत ‘फेक’ न्यूज भन्दै साथीहरुलाई ब्युझाए ।

‘विकासले हुन पनि सक्छ’ त भनेको थियो । तर, कतिपय अनलाइनहरुले आधीकारिकता पुष्टी नहुदै यस्तो हुनेगरेको आफैले देखेकाले आफ्नो लाइक भ्यू र सेयर बढाउनका लागि यस्ता खबरहरु लेख्ने गर्थे। यस्तै हो जस्तो लाग्यो। मैले ट्वीटर खोल खोल्ने बित्तीकै माथि न्यूज हेर्दे जादाँ अन्य अनलाइनहरुमा पनि देखियो । तर, त्यहाँ मुत्यु भनिएको थिएन्। ‘हृदयघात भइ अस्पताल नर्भिक अस्पताल भर्ना’ लेखेका थिए । त्यसपछि झन त्यो च्यानलले देखाएको अमानवीयताप्रति भित्रै देखी रिस उठेर आयो ।

लेखक : सन्तोष राज पाण्डे 

 

ट्वीट गर्नै लाग्दा अन्नपूर्ण दैनिकले निधन भइसकेको खबर छापेको थियो । अन्नपूर्णको समाचार पनि खोलेर एक एक अक्षर पढे ‘त्यसमा हृदयघातका कारण मृत्युभएको’ लेखेको थियो। अब त साचो हो कि भन्ने पनि भयो। अन्नपुर्ण त देशमै चर्चित मिडिया हाउस हो। त्यसपछि केही समय अगाडि मात्रै अन्नपूर्णकै वरिष्ठ पत्रकार तथा लेखक बिजय कुमार पाण्डेको ठ्वीटरमा १० मिनेट अगाडि मात्र ट्वीट गरेका थिए । जसमा प्रकाशको निधनको पुष्टी गरेको झल्कन्थो। उनी जस्ता वरिष्ठ व्यक्तिबाट गलत सुचना त आउदैन भन्ने सोचेर फेरी कान्तिपुर खोले, नागरीक लगायतका अधिकाशं नामचलेका मिडियाको साइट खोले सबैको हेडलाइनमा प्रकाश थिए । तर, निधन अन्नपुर्ण बाहेकमा देखिएन ।

अब प्रकाशको निधन त भयो । तर, अस्पतालले पुष्टी गर्न बाकीँ नै थियो । तर, मिडियाहरुमा प्रकाश र उनको परिवारका बारेमा अनेक समाचारहरु लेख्ने पोष्ट गर्न शुरु भइसकेको थियो। प्रचण्ड झापा, विना कञ्चनपुर यहाँ आमासँग रहेका दाहालको निधन लगाएतका समाचारहरु देखिए। प्राय सबैमा समानता थियो। एउटाले जुन कुरा लेख्यो त्यहिकुरा अर्कोले पोष्ट गर्ने प्रवृती देखीयो। सबै हेरेर धेरै कुरा सोचबिचार गरेर एक स्टाटस राखे तर, म आफै विश्वस्त नभएकाले पत्रकार पाण्डेको ट्वीट पनि रिट्वीट गरे। पछि लाग्यो ‘मृत्युका लागि कुनै उमेर कुर्नु पर्दैन जब समय पुग्छ, त्यसपछि हामीलाई कुनै ठूला रोग व्याधि लाग्नु नै पर्दैन।’

यस्तै २०७२ सालको माघ महिनामा तत्कालिन काङ्ग्रेस सभापति शुसिल कोइरालाको निधनमा पनि शक लागेको थियो । उनको निधनको समाचार पनि माओवादी कार्यक्रताको स्टाटस देख्दा उनी प्रति आक्राश पोखेको थिए । तर, पछि टेलिभिजन खोल्दा सत्य सावित भयो।

तर, आज नेपालमा रहेका अनलाइन र्पोटलले नै समाचार चलाए र धेरै जनतालाई सुचित गरे कि प्रकाश अब यो दुनियाँमा रहेनन्। प्रकाश अस्पताल पुगे देखी उनलाई आर्यघाट नपुर्याउन जेलसम्मको आजको दिन  नेपाली मिडियाका लागि प्रकाश नै शिर्षक बने । यस्तो चुनावी महासंग्रामलाई प्रकाशको अन्तिम दिनले छायामा पार्यो। उनी स्वयमं पनि चुनावी माहौलमा तातिरहेका थिए । तर, अपसोच ति संग्राममा एक १० बर्षे युद्धका योद्धाले जीवन सँग र हृदयघातलाई जीत्न सकेनन ।

र यतिनै बेला आज उनको शरिरीर नै आगोमा जलेर खरानी भयो। उनको चुनावी दौड उनका लागि अर्थ हिन रहे पनि नेपाली राजनीतिका लागि महत्वपूर्ण घटनाक्रमा गनिने छ। उनका बुबा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्वयमं र उनकी कान्छी पत्नी बिना मगर पनि चुनावी दौडमा छन्। यस्तो समयमा भएको उनको मृत्युले जोड घटाउको हिसाब समय आएपछि मात्रै थाहा हुनेछ।

यद्य्पी उनी समय समयमा विवादमा पनि तानिय कहिले बुबाकै कारण त कहिले बहुविवाह लगाएतका विषयमा विवादमा तानिने गर्थे । उनले आफु प्रचण्ड पुत्र भएको र आफुले पनि जनयुद्ध देखी हालको माओवादी यहाँ आइपुग्नमा आफ्नो पनि योगदान रहेको बताउदै आएका थिए। अल बिदा प्रकाश दाहाल, तिम्रो आत्माले शान्ति पाओस । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै